काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसिरहेको छ ।
बैठकमा बाढी-पहिरोपीडित परिवारलाई राहत उपलब्ध गराउने, अवरुद्ध सडक सञ्चालन गर्नेलगायत विपद्सँग सम्बन्धित ९ एजेन्डा छलफलमा छन् ।
जारी बैठकमा नेपाल सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्य सचिव, प्रधानसेनापति र गृह मन्त्रालयका सचिवलगायत सहभागी छन् ।
हालै भएको भीषण वर्षाका कारण मुलुकभर ६२ जनाको ज्यान गुमेको छ भने करोडौँको क्षति भएको छ ।














