नेपालले वेस्ट इन्डिजलाई दियो १२३ रनको लक्ष्य

केन्द्रभाग मिडिया

काठमाडौं ।
यूएईमा जारी युनिटी कप टी-२०आई शृंखलाको तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजलाई १२३ रनको मध्यम लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल १९.५ ओभरमा १२२ रनमा अलआउट हुँदै १२२ रन जोडेको हो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३९ रनको योगदान दिए । कप्तान रोहित पौडेलले १७, सन्दीप जोराले १४ र कुशल मल्लले १२ रन बनाए ।

वेस्ट इन्डिजका लागि रामोन सिमोन्ड्सले ४ ओभरमा १५ रन दिएर ४ विकेट लिए । जेदिया ब्लेड्सले २ तथा जेसन होल्डर र कप्तान अकिल होसेनले एक-एक विकेट हात पारे ।

  • १४ आश्विन २०८२, मंगलवार २२:१४ प्रकाशित