ग्रेन्डर मेसिनले खुट्टा काटिँदा झापामा एक जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

झापा ।

‘ग्रेण्डर मेसिन’ले राँगा काट्ने तयारीका क्रममा आफ्नै खुट्टा काटिँदा झापामा एक व्यक्तिको ज्यान गएको छ।

ज्यान गुमाउनेमा भद्रपुर नगरपालिका–१ का ३५ वर्षीय रमेश परियार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। सोमबार साँझ परियारले आफ्नै घरमा राँगा काट्ने तयारी गरेका थिए। तर, अचानक आफ्नै बायाँ खुट्टा ग्रेण्डरमा परेपछि उनी घाइते भएका थिए।

घाइते परियारलाई उपचारका लागि तत्काल विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज ल्याइए पनि उनको अत्यधिक रक्तश्रावका कारण गएराति ज्यान गएको प्रहरी नायब निरीक्षक चन्द्रकुमारी चेम्जोङले जानकारी दिइन्।

  • १४ आश्विन २०८२, मंगलवार १२:३३ प्रकाशित