दशैंमा टीकाको दिनबाहेक भन्सार जाँचपास गर्न बैकिङ सेवा सुचारु

केन्द्रभाग मिडिया

काठमाडौं ।

दशैंको टिकाको दिनबाहेक भन्सार जाँचपासमा आवश्यक बैंकिङ सेवा सुचारु हुने भएको छ ।नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई सो निर्देशन दिएको हो ।

यसअघि भन्सार विभागले व्यापार सहजीकरण, आपूर्ति प्रणाली सूचारु राख्न तथा सेवा प्रवाह निरन्तरता कायम गर्न मालवस्तुको भन्सार जाँचपास गर्ने प्रयोजनका लागि आवश्यक बैंकिङ सेवगा सूचारु गर्न राष्ट्र बैंकसमक्ष अनुरोध गरेको थियो ।

सोहीअनुसार राष्ट्र बैंकले सेवा सुचारु गर्न भनेको हो । यस वर्ष १६ असोजका दिन दशैंको टिका रहेको छ ।

  • १३ आश्विन २०८२, सोमबार १७:०८ प्रकाशित