काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टिमले आज दुई पछकको विश्वकप विजेता वेस्ट इन्डिजसँग दोस्रो खेल खेल्दैछ । खेल नेपाली समय अनुसार राति ८ः१५ मा सुरु हुने छ । खेल यूएईको दुवइस्थित सारजहा क्रिकेट मैदानमा हुनेछ ।
यसअघि पहिलो खेलमा सुरुमा ब्याटिङ गरेको नेपालले १४८ रन बनाएको थियो । नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनाउन सकेको थियो ।
पहिलो खेलमा १९ रनको ऐतिहासिक जित निकालेको नेपाल लगातार जित निकाल्दै एक खेल अगाडि नै सिरिज आफ्नो पक्षमा पार्ने दाउमा छ ।
वेस्ट इन्डिजले भने सम्हालिएर प्रदर्शन गर्दै पहिलो खेलको हारको बदला लिने दाउमा छ ।















