नेपाल र वेस्ट इन्डिजविरुद्ध टी–२० आई सिरिज आजदेखि

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाल आज वेस्ट इन्डिजविरुद्ध टी–२० आई सिरिजअन्तर्गत पहिलो खेल खेल्दैछ । नेपाल आफ्नो क्रिकेट इतिहासमै पहिलोपटक टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध खेल्न लागेको हो।

यूएईस्थित सारजाह क्रिकेट रगंशालामा नेपाली समयानुसार राति सवा ८ बजेपछि सुरु हुनेछ । यसपछि सिरिजअन्तर्गत नेपालले वेस्ट इन्डिजविरुद्ध दोस्रो खेल सोमबार र तेस्रो तथा अन्तिम खेल मंगलबार खेल्नेछ ।

वेस्ट इन्डिजसँग तीन खेल खेलिसकेपछि नेपाली टोली उतैबाट ओमान प्रस्थान गर्नेछ । ओमानमा अर्को सातादेखि आईसीसी टी–२० एसिया कप क्षत्रिय छनोट हुँदै छ ।

नेपाली टोलीले यो सिरिजलाई त्यसकै तयारीका रूपमा लिएको छ ।

  • ११ आश्विन २०८२, शनिबार ०६:०५ प्रकाशित