प्रधानमन्त्रीको नाममा ‘फेक अकाउन्ट’

केन्द्रभाग मिडिया

काठमाडौं ।

अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीको नाममा छद्म सामाजिक सञ्जाल अकाउन्ट सञ्चालन भएको पाइएको छ । सामाजिक सञ्जाल एक्समा ‘सुशीला कार्की अफिसियल’ नामको एकाउन्ट रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीको नाममा कुनै पनि आधिकारिक सामाजिक सञ्जाल अकाउन्ट नभएको प्रधानमन्त्री कार्यालयको सूचना प्रविधि महाशाखा हेर्ने सहसचिव सुवास ढकालले जानकारी दिएका छन् ।

उनले भने’ प्रधानमन्त्रीको नाममा कुनै पनि आधिकारिक सामाजिक सञ्जाल अकाउन्ट खुलेका छैनन् । जति सञ्चालनमा आएका छन् ती सबै फेक हुन् । त्यो बन्द गर्नका लागि हामीले सीआईबीमा पत्राचार गरिसकेका छौँ ।’

  • १० आश्विन २०८२, शुक्रबार १५:४५ प्रकाशित