स्याङ्जामा झण्डै ३५ सय मतदाताको नाम हटाइयो

केन्द्रभाग मिडिया

स्याङ्जा ।
जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले झण्डै ३५ सय मतदाताको नाम हटाएको छ ।

२०७९ सालमा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पछि निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेपछि ३ हजार ४ सय ७८ जनाको नामावली हटाएको हो ।

मृत्यू, दोहोरो र नागरिकता त्याग गरेका आधारमा कार्यालयले मतदाता नामावलीबाट नाम हटाएको निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख श्रीराम थापाले जानकारी दिए ।

प्रमुख थापाका अनुसार स्याङ्जामा ३ हजार १ सय ८३ जनाको मृत्यू भएका कारण मतदाता नामावलीबाट नाम हटाइएको बताए । त्यस्तै दोहोरो नामावली भएका २ सय ८४ र नागरिकता परित्याग गर्ने ११ जनाको पनि मतदाता नामावलीबाट नाम हटाइएको छ ।

जसबाट २०७९ मंसिरमा भएको निर्वाचनपछि कार्यालयले अद्यावधिक गर्दा ३ हजार ४ सय ७८ मतदाता नामावलीबाट हटेका हुन् । सो अवधीमा स्याङ्जामा १ हजार ७ सय ८३ जना नयाँ मतदाता थपिएका छन् । यो तथ्याङ्क २०८२ को बैशाख मसान्त सम्मको हो ।

  • ७ आश्विन २०८२, मंगलवार १६:१४ प्रकाशित