नारायणकाजीले मागे कार्यबाहक अध्यक्ष

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीमा आफूलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिन माग गरेका छन् ।

उपमहासचिव जनार्दन शर्माले अनलाइनखबरलाई बताए अनुसार, पदाधिकारी बैठकमै नेता श्रेष्ठले कार्यबाहक अध्यक्षको जिम्मेवारी दिन माग गरेका हुन् ।

माओवादीको पदाधिकारी बैठक गत आइतबार बसेको थियो । जहाँ वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कार्यवाहक अध्यक्ष माग गरेको उपमहासचिव शर्माले जानकारी दिएका हुन् ।

  • ७ आश्विन २०८२, मंगलवार १६:०३ प्रकाशित