काठमाडौं।
चर्चित डान्सर सीता सुवेदीको निधन भएको छ । ४० वर्षीय सुवेदीको मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
३ महिनादेखि फोक्सोको क्यान्सरले पीडित उनको बिगत एक महिनादेखि अस्पतालको भेन्टिलेटरमा उपचाररत थिइन् । चितवन घर भएकी सुवेदीको दाहसंस्कार मंगलबार गरिने भएको छ ।
एक खुट्टाले नाचेर चर्चमा आएकी सुवेदी क्लासिक नेपाल फाउन्डेसनकी संस्थापक, मिस इन्टरनेसनल २०२३, प्रेरक वक्ता, गायिका, इन्टरमिडिएट–लेभल कथक नृत्यमा स्वर्ण पदक विजेता थिइन् । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय थुप्रै स्टेजमा नृत्य गरेकी छन् ।















