काठमाडौं ।
‘जेनजी क्रान्तिको प्रतिज्ञाः संविधानलाई अंगाल्दै, परिवर्तनको बाटो खोल्दै’ भन्ने नारासहित जेनजीहरुले शुक्रबार माइतीघरमा संविधान दिवस मनाएका छन्।
करिब एक दर्जनको समूहमा भेला भएका उनीहरूले शपथग्रहण गर्दै संविधान दिवसलाई विशेष तरिकाले मनाएका हुन्।
जेनजी सहभागीहरूले नयाँ तरिकाले व्यवस्थाको सुरुवात भएको भन्दै अब शासन प्रणालीमा समेत नयाँ सोच र शैली आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।















