काठमाडौं ।
ऊर्जामन्त्री कुलमान घिसिङ त्रिवि शिक्षण अस्पताल पुगेका छन्।शीतलनिवासमा शपथ ग्रहणलगत्तै मन्त्री घिसिङ आन्दोलनमा ज्यान गुमाएकाहरूको परिवारलाई भेट्न टिचिङ अस्पताल पुगेका हुन्।
भदौ २३ र २४ गतेको प्रदर्शनीको क्रममा मृत्यु भएका ४६ जनाको शव पोष्टमर्टमका लागि शिक्षण अस्पताल महाराजगन्जमा ल्याइएको थियो।सोमबारसम्म २६ जनाको शव पोष्टमर्टम भइसकेको छ। त्यसमध्ये सोमबारसम्म २३ जनाको शव परिवारले बुझेका छन्। ८ जनाको शव चिन्न नसकिने खालको रहेको छ।
आठ जनाको डिएनए टेष्टमार्फत पहिचान गर्नुपर्ने टिचिङ अस्पतालले जनाएको छ।पोस्टमर्टम जारी रहँदा मृतकका आफन्तहरू अस्पतालमै छन्।















