गण्डकीमा नयाँ शक्ति पार्टीका मन्त्री फणिन्द्र देवकोटाले दिए राजीनामा

केन्द्रभाग मिडिया

पोखरा ।

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति० बाट गण्डकी प्रदेशमा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनेका फणिन्द्र देवकोटाले पदबाट राजीनामा दिएका छन्।

जेनजी पुस्ताले सोमबार आयोजना गरेको भ्रष्टाचार विरोधी प्रदर्शनमा सरकारले अत्यधिक दमन गरेको भन्दै देवकोटाले राजीनामा दिएका हुन्।गण्डकीमा नेपाली कांग्रेस र एमालेको गठबन्धन सरकार बनाउँदा देवकोटा कांग्रेसको कोटाबाट मन्त्री बनेका थिए।

पार्टीको निर्देशन अनुसार आफूले राजीनामा दिएको उनले उल्लेख गरेका छन्।

‘नवयुवाहरूद्वारा सञ्चालित आन्दोलनमा केन्द्र सरकारले निर्ममतापूर्वक गोली हानी १९ जना युवाहरूको हत्या गरेको छ,’ उनले राजीनामा पत्रमा लेखेका छन्, ‘मलाई मेरो पार्टी नेसपा (नयाँ शक्ति) को निर्देशनका साथै जिम्मेवार नागरिक हुनुको नाताले पदमा बसिरहन नैतिक रूपले दिँदैन। तसर्थ राजीनामा दिएको घोषणा गर्दछु।’

  • २४ भाद्र २०८२, मंगलवार १४:०४ प्रकाशित