काठमाडौं ।
जेनजीको प्रदर्शनबिच सत्तारुढ दलले नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आह्वान गरेको छ । बैठक भाद्र २४ गते मंगलबार बिहान ९ बजे सभापति निवास बूढानिलकण्ठमा बस्ने भएको छ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिअनुसार बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।















