नारायणकाजी श्रेष्ठविरुद्ध अदालत अवहेलना मुद्दा, भोलि पेसी

केन्द्रभाग मिडिया

काठमाडौं।

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । अवहेलना मुद्दाको सुनुवाइका लागि मंगलबार भदौ १७ गतेका लागि पेसी तोकिएको छ ।

आयुष दाहालले अदालत,न्यायाधीश र समग्र न्याय प्रणालीमाथि आँच आउने गरी टिप्पणी गरेको भन्दै अवहेलनामा कारबाही हुनुपर्ने मागसहित निवेदन दिएका हुन् ।

पूर्वगृहमन्त्री श्रेष्ठले अदालत पुग्ने व्यक्तिहरूले घुस खुवाउन वा भनसुन गर्न नसके न्याय नपाउने भनी सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए ।

  • १६ भाद्र २०८२, सोमबार १५:५४ प्रकाशित