काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबिच भेटवार्ता भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली र समकक्षी सीबिच शनिबार थियानजिनमा भेटवाता भएको हो ।
थियानजिन अतिथि गृहमा भएको भेटवार्तामा दुई देशबिच आपसी हितका विषयहरू, द्विपक्षीय सम्बन्ध विस्तार र क्षेत्रीय सहकार्यबारे छलफल भएको बताइएको छ । उच्चस्तरीय भेटलाई नेपाल–चीन सम्बन्ध सुदृढ पार्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।
प्रधानमन्त्री आजै आफ्नो औपचारिक भ्रमणका सिलसिलामा चीन पुगेका थिए । उनीसँग नेपाल सरकारका मन्त्री तथा उच्च अधिकारीहरूको टोलीसमेत रहेको छ ।













