काठमाडौं ।
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिनका लागि आज बिहान चीन प्रस्थान गरेपछि सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो ।
सिंह ओली नेतृत्वको सरकारमा दोस्रो वरीयतामा छन् ।
राष्ट्रपति कार्यालयले सूचना जारी गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिसमा सिंहलाई कार्यवाहक प्रधानमन्त्री तोकेको हो ।
चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा सांघाई सहयोग संगठन (एससीओ) को २५औँ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज शनिबार बिहान ७ बजे हिमालयन एयरलाइन्समार्फत चीन प्रस्थान गरेका हुन् ।













