सुनको मूल्य २ लाख नाघ्यो

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाली बजारमा सुनको मूल्य २ लाख रुपैयाँ नाघेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य शुक्रबार २ लाख ६ सय रुपैयाँ कायम भएको हो । सुनको मूल्य यो हालसम्मकै उच्च भएको महासंघले जनाएको छ ।

यसअघि बिहीबार सुनको मूल्य तोलामा १ लाख ९९ हजार ४०० रुपैयाँ थियो । जसअनुसार आज १२०० रुपैयाँ वृद्धि भएको हो ।

यसैबिच चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा २ हजार ३५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार २ हजार ३६० रुपैयाँ पुगेको हो ।

  • १३ भाद्र २०८२, शुक्रबार १२:१५ प्रकाशित