मनाङ प्रदेश सभा २ मा कात्तिक १७ गते नै उपनिर्वाचन हुने

केन्द्रभाग मिडिया

काठमाडौं।

निर्वाचन आयोगले गण्डकी प्रदेशको मनाङ प्रदेश सभा २ मा आगामी कात्तिक १७ गते नै उपनिर्वाचन हुने बताएको छ ।

यसअघि सर्वोच्च अदालतले मनाङ प्रदेश सभा २ मा निर्वाचित दीपक मनाङे (राजीव गुरुङ)को पदमुक्त सम्बन्धी फैसलाको पूर्णपाठ सार्वजनिक गर्न ढिलाइ गर्दा आयोग अन्योलमा परेको थियो ।

सोही कारण आयोगले रुपन्देही– ३ को उपनिर्वाचनको मिति तोकेपनि मनाङेको ज्यान मुद्दासम्बन्धी फैसलाको पूर्णपाठ नआएकै कारण मिति तोकेको थिएन ।

सर्वोच्चले सोमबार पूर्णपाठ सार्वजनिक गरेसँगै आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गण्डकी प्रदेश सभा २ मा पनि अब कात्तिक १७ गते नै उपनिर्वाचन हुने बताए ।

यसअघि आयोगले रुपन्देही क्षेत्र नम्बर ३ का लागि दल दर्ता र निर्वाचन चिह्न प्रदान गरिसकेको छ ।

  • ९ भाद्र २०८२, सोमबार १६:५६ प्रकाशित