राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन भदौ ११ गते हुने

केन्द्रभाग मिडिया

काठमाडौं ।

रिक्त राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन भदौ ११ गते हुने भएको छ। सोमबार सभामुख देवराज घिमिरेले भदौ ११ गते सभापतिको निर्वाचन हुने समय तालिका सार्वजनिक गरेका हुन् ।

सभामुखको निर्देशनमा संघीय संसद सचिवालयका महासचिव पदमप्रसाद पाण्डेले सूचना निकालेर भदौ ११ गते सभापतिको निर्वाचन हुने जानकारी गराएका छन्।

  • ९ भाद्र २०८२, सोमबार १२:५५ प्रकाशित