टप एन्ड टी-२० सिरिजमा नेपाल पाकिस्तान शाहीन्ससंग १ रनले पराजित

केन्द्रभाग मिडिया

पोखरा ।

टप एन्ड टी-२० सिरिजको आफ्नो अन्तिम लिग खेलमा नेपाल पाकिस्तान शाहीन्ससँग १ रनले पराजित भएको छ । अस्ट्रेलियाको नर्दन टेरिटोरी मैदान खेलमा पाकिस्तानले दिएको १४५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १४३ रन मात्र बनायो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५२ रन तथा दिपेन्द्रसिंह ऐरीले अविजित ४१ रन बनाएपनि पर्याप्त हुन सकेन । अन्तिम ओभरमा ८ रन आवश्यक रहँदा नेपालले ६ रन मात्र जोड्न सक्यो ।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १४४ रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान मोहम्मद इरफान खान नियाजीले अविजित ४२ रन बनाए । पाकिस्तान ७९-७ को संघर्षपूर्ण अवस्थामा रहेपनि इरफानले कप्तानी पारी खेले ।

नेपालका लागि सोमपाल कामीले ४ ओभरमा ३० रन दिएर ३ विकेट लिए । नन्दन यादव र दिपेन्द्रसिंह ऐरीले २-२ विकेट लिँदा कुशल भुर्तेलले १ विकेट लिए । यस हारसँगै नेपालको यात्रा लिग चरणमै समाप्त भएको छ ।

  • ६ भाद्र २०८२, शुक्रबार १९:०३ प्रकाशित