प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

केन्द्रभाग मिडिया

काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले भ्रमणका लागि आपचारिक निमन्त्रणा गरेको छ । नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा गरेका हुन् ।

प्रधानमन्त्री ओलीसँगको शिष्टाचार भेटका क्रममा विदेश सचिव मिस्रीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट औपचारिक भारत भ्रमणको निमन्त्रणा दिएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ । प्रधानमन्त्री ओलीले निमन्त्रणाका लागि धन्यवाद दिएका थिए।

भ्रमणको औपचारिक मिति सार्वजनिक हुन भने बाँकी छ।

भारत भ्रमणको निमन्त्रणा दिन आइतबार बिहान नेपाल आएका भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री ओली, राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, परराष्ट्रमन्त्री आरजु राणा देउवा लगायतसँग भेट गरेका छन् ।

  • १ भाद्र २०८२, आईतवार १९:१८ प्रकाशित