अपडेट : १० करोडको चेक बाउन्स आरोपमा गुन्डा नाइके राजु गोर्खाली पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

गुन्डा नाइकेको रूपमा चिनिँदै आएका राजु गोर्खाली ९राजेन्द्रबहादुर गोर्खाली० पक्राउ पर्नुमा ठूलो रकमको चेक बाउन्स रहेको खुलेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले गोर्खालीलाई पक्राउ गरेर भद्रकालीस्थित हिरासतमा ल्याएको छ । उनी पक्राउ पर्नुमा १० करोड रुपैयाँको चेक बाउन्स जोडिएको परिसरका एक अधिकृतले बताए ।

‘अहिलेसम्म उहाँविरुद्ध १० करोड रुपैयाँको चेक बाउन्सको जाहेरी परेको छ । सोही जाहेरीका आधारमा पक्राउ पुर्जी लिएर पक्राउ गरेका हौं,’ ती अधिकृतले भने ।

पीडितको नाम भने प्रहरीले खुलाएको छैन । गोर्खालीले के–कुन प्रयोजनाका लागि १० करोड लेनदेन गरे भन्ने विषय पनि अनुसन्धान कै विषय रहेको प्रहरीले बताएको छ ।

उनीमाथि बैंकिङ कसुरको मुद्दामा म्याद लिएर अनुसन्धान अघि बढाइने प्रहरीले बताएको छ ।यसअघि उनले हत्या आरोपमा १० वर्ष कैद भुक्तान गरेका थिए ।

  • १ भाद्र २०८२, आईतवार १४:३० प्रकाशित