युएईको जेलमा रहेका १२० नेपालीलाई आममाफी

केन्द्रभाग मिडिया

काठमाडौं।

संयुक्त अरब इमिरेट्स ९युएई० ले विभिन्न कसुरमा जेल सजाय भोगिरहेका नेपालीको कैद मिनाहा गर्ने भएको छ ।

इस्लाम धर्मावलम्बीको महान् पर्व ईद अल–अदाहका अवसरमा विभिन्न कसुरमा युएईको जेलमा सजाय भोगिरहेका १२० जना नेपालीको बाँकी सजाय अवधि मिनाहा गरी आममाफी प्रदान गरेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

‘नेपालीहरूको कैद सजाय मिनाहा गरिएकामा नेपाली दूतावास, अबुधावीले संयुक्त अरब इमिरेट्स सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछ’, दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ । रासस

  • १ भाद्र २०८२, आईतवार १२:४६ प्रकाशित