पोखरा ।
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान परिषद्को आर्थिक प्रशासन विनियमावली स्वीकृत भएको छ । गण्डकी प्रदेश सरकारका माननीय मुख्यमन्त्री एवम् प्रशिक्षण परिषद्का अध्यक्ष सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा बसेको सातौं परिषद् बैठकलेले विनियमवली स्वीकृत गरेको हो । बैठकमा प्रदेश सरकारका प्रमुख सचिव, प्रदेश लोक सेवा आयोगका अध्यक्ष, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गण्डकी विश्वविद्यालयका उपकुलपति, प्रदेश सरकारका सचिवहरू लगाएतको सहभागिता थियो ।
परिषद्का सचिव तथा प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीले प्रतिष्ठानको स्थापना कालदेखि हालसम्म हाँसिल गरेका उपलब्धीहरूका बारेमा प्रस्तुतीकरण गरेका थिए । प्रस्तुतीकरणका क्रममा कार्यकारी निर्देशक तिवारीले प्रतिष्ठानले प्रदेश र स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीको क्षमता विकास र शासकीय क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान गरेको चर्चा गरे ।
परिषद्ले प्रतिष्ठानको गत आर्थिक वर्षको प्रगतिको समीक्षा गर्नुका साथै चालु आ.व. २०८२/८३ को बजेट तथा कार्यक्रम अनुमोदन गरेको छ । त्यसैगरी, बैठकले प्रशिक्षण प्रतिष्ठानको आर्थिक विनियमावली २०८२ स्विकृत गरेको छ । प्रतिष्ठानले प्राप्त गरेको क्ष्क्इ ढण्ण्ज्ञस्द्दण्ज्ञछ को तिनवर्षको लागी नविकरण भएकोमा वैठकको अवसरमा गण्डकी प्रदेश सरकारका माननीय मुख्यमन्त्री एवम् प्रशिक्षण परिषद्का अध्यक्ष सुरेन्द्रराज पाण्डेले प्रमाणपत्र अनावरण गरेका थिए ।














