पोखरा ।
पोखरा १३ आर्वा स्थित प्रथम अमलाचौर चापडाँडा भेट्रान्स खुल्ला भलिबल प्रतियोगिताबाट बचत भएको रकम शैक्षिक तथा स्वास्थ्यका क्षेत्रमा सहयोग गरिएको छ ।
२०८१ फागुन २९ गते देखि चैत २ गते सम्म आर्वामा सञ्चालन गरिएको भलिवल प्रतियोगिताबाट बचेको रकम स्थानिय १३ नं वडाका तीन सामुदायिक विद्यालयलाई प्रदान गरिएको हो ।
आर्वा विजय माविलाई नगद १५ हजार, अमरज्योति आधारभुत विद्यालयलाई नगद १५ हजार तथा सात हजार पाँचसय रुपयाँ बराबरको शैक्षिक सामग्री , तथा सिमला आधारभुत विद्यालयलाई नगद १० हजार रुपयाँ प्रदान गरिएको आथिक संयोजक रामप्रसाद बरालले जानकारी दिए । यी रकम विद्यालयको शैक्षिक तथा स्वास्थ्यको क्षेत्रमा खर्च गरिने छ ।
अमलाचौर चापडाँडा टोल बिकाश संस्था तथा स्थानिय सक्रिय सामाजिक क्षेत्रमा उल्लेखनिय योगदान पुऱ्याएका सात जना युवाहरुले यो प्रतियोगिता सफलता पूर्वक सम्पन्न गराएका थिए । प्रतियोगिताको कार्यक्रम संयोजकमा देवेन्द्र परियार, सुरज अधिकारी र शम्भु सिग्देल, खेल संयोजकमा अमृत परियार र श्रीराम अधिकारी तथा आर्थिक संयोजकमा रामप्रसाद बराल र लक्ष्मणप्रसाद बराल रहेका थिए ।
१० टिमले भाग लिएको सो प्रतियोगिता चैते दशैंको अवसरमा आयोजना गरिएको थियो । पहिलो पटक आर्वामा यस प्रकारको प्रतियोगिता आयोजनाले स्थानियमा निकै खुशी छाएको थियो भने आयोजक सात जना युवा अत्यन्तै उत्साही थिए । प्रतियोगिताका लागी बिभिन्न सहयोगी संघ संस्था तथा खेल प्रेमी महानुभावहरुको सहयोगले दुई लाख ७७ हजार ५ सय ९१ रुपयाँ संकलन गरिएको थियो ।
प्रतियोगिता सम्पन्न गर्दा खर्च रु दुईलाख १७ हजार ५ रुपयाँ खर्च भएको थियो । प्रतियोगिता बाट सातसय ५० ब्याज सहित कुल ६१ हजार ३ सय ३६ रुपयाँ बचत भएको हो । बचत रकम स्थानिय तीन विद्यालयलाई सहयोग गरिएको आर्थिक संयोजक लक्ष्मणप्रसाद बरालले बताए । उनका अनुसार अब १३ हजार ८ सय ३६ रुपयाँ बचत रहेको छ ।
स्थानीय स्तरमा कुनै सरकारी निकाएको मुख नताकी सौहाद्रपूर्ण र स्वतस्फुर्त रूपमा सात युवाले देखाएको यो खेलकुद र सामाजिक क्षेत्र प्रतिको लगावलाई आम आवालीले निकै सह्रनिय रूपमा हेरेका छन् ।
प्रतियोगितामा आयोजकको शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा लगानी गर्ने बाचा पूरा गरेको तथा आर्थिक पारदर्शिता र अर्थ व्यवस्थापनलाई समयमै अनुशासित ढंगबाट सार्वजनिक गरिएको प्रति पनि सबैले धन्यवाद दिएका छन् ।















