विकास नचाहनेले सरकार परिवर्तनको चर्चा चलाए : प्रधानमन्त्री ओली

केन्द्रभाग मिडिया

फाइल तस्बिर

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास नचाहनेहरुले अनावश्यक रुपमा सरकार परिवर्तनको चर्चा चलाउने गरेको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा भूमि समस्या समाधान आयोगको वार्षिक समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले आफूहरूको ध्यान मुलुकको विकासमा रहेको जिकिर गरे । आगामी निर्वाचनसम्म वर्तमान गठबन्धन तलमाथि नहुने उनको प्रष्टोक्ति थियो । उनले सत्ता गठबन्धनका ठूला दल एमाले–कांग्रेसबीच कुनै समस्या नरहेको भन्दै ८४ को निर्वाचनसम्म वर्तमान गठबन्धन तलमाथि नहुने दाबी गरे ।

अबको केही समयपछि प्रधानमन्त्री मात्रै परिवर्तन हुने तर गठबन्धनमा कुनै असर नपर्ने उनको भनाई थियो । प्रधानमन्त्री ओलीले ८४ को निर्वाचनपछि पनि एमाले की कांग्रेसले सरकार बनाउने उल्लेख गर्दै दुई दलमध्ये कसैको बहुमत नपुगे फेरी कांग्रेस–एमाले मिलेर नै सरकार बनाउने जिकिर गरे ।

उनले टालाटुली बाटुली भनेजस्तो गरेर के के भेला पारेर अर्को सरकार बनाउने पक्षमा एमाले नरहेको बताए । ओलीले आफूहरूको ध्यान मुलुकको विकासमा रहेको भन्दै विकास नचाहनेहरूले अनावश्यक रूपमा सरकार परिवर्तनको चर्चा चलाउने गरेको उल्लेख गरे ।

  • २७ श्रावण २०८२, मंगलवार १९:२५ प्रकाशित