पोखरा ।
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाले पछिल्लो समय गरेको वाक युद्धलाई ‘बेमौसमको बाजा जस्तो’ भएको टिप्पणी गरेका छन् ।
नेता भण्डारीले नेपाल र खनाल बिचको दोहोरी राष्ट्र र जनहितसँग कुनै साइनो नभएको समेत टिप्पणी गरे । शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै नेता भण्डारीले आफूहरुले पनि नेता मानेका दुई पूर्वप्रधानमन्त्रीको दोहोरी पटक्कै नसुहाएको उल्लेख गरेका छन् ।
भण्डारीले अप्ठ्यारो समयमा पार्टीको नेतृत्व गरी प्रधानमन्त्री भएर देशको नेतृत्व गरिसकेका, यथास्थितिबाट देश र जनताका समस्या सम्बोधन नहुने ठहर गरी नयाँ पार्टी बनाइसकेको नेताको यो शैली ठिक नभएको समेत बताएका छन् ।















