पोखरा ।
नेपाल निजामती कर्मचारी युनियन, कास्कीको अध्यक्षमा केदार सापकोटा निर्वाचित भएका छन् । युनियन कास्कीको नवौं अधिवेशनले सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । सापकोटाले ३ सय २५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धि विनोद रेग्मीले १ सय ६२ मत प्राप्त गरे ।
त्यसैगरी, खुल्लातर्फको उपाध्यक्ष पदमा सुमन शर्मा २ सय ८२ मतका साथ निर्वाचित भए । उनका प्रतिस्पर्धी पुरुषोत्तम पौडेलले १ सय ८९ मत प्राप्त गरे । कार्यसमितिका अन्य पादाधिकारी र सदस्य भने निर्विरोध निर्वाचित भएका हुन् ।
उपाध्यक्ष (महिला) रञ्जना पोख्रेल (पौडेल) उपाध्यक्ष (समावेशी)मा नर बहादुर सारु, सचिवमा राजेन्द्र शर्मा, सहसचिव (युवा) मन्जु सुवेदी
र कोषाध्यक्षमा दिपक शर्मा पराजुली निर्वाचित भएका छन् । उनीहरु निर्विरोध निर्वाचित भएका हुन् ।
यसैगरी सदस्यहरुमा नारायणराज पौडेल, धनराज पराजुली, डालाराम बसौला, मोहनप्रसाद पौडेल, राजन ढकाल, शारदा सुवेदी (महिला) र गंगा अधिकारी (महिला) निर्विरोध निर्वाचित भएका हुन् ।














