काठमाडौं ।
न्याय सेवा आयोगले सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेललाई सिफारिस गरेको छ ।
उनी यसअघि सर्वोच्च अदालतमै रजिस्ट्रार पदमा कार्यरत थिए । उमेर हदका कारण देवेन्द्रराज ढकाल अवकाशमा गएपछि पौडेललाई मुख्य रजिस्ट्रार पद रिक्त भएको थियो ।
त्यस्तैगरी, सह–रजिस्ट्रार मानबहादुर कार्कीलाई रजिस्ट्रार पदमा सिफारिस गरिएको छ ।













