गुल्मीमा आगलागीमा परेर युवतीको ज्यान गयो

केन्द्रभाग मिडिया

गुल्मी ।

धुर्कोट गाउँपालिका–५ वस्तु अमराईस्थित मनी ककी २५ वर्षीया छोरी जुनाको आगलागीमा परेर आज विहान ज्यान गएको छ ।

धुर्कोट –५ का वडाध्यक्ष केशवराज भण्डारीका अनुसार मानसिक अवस्था कमजोर रहेकी जुना आफैले घरमा आगो लगाएको थिइन् ।

स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट तीन लाखभन्दा बढीको क्षति भएको जनाइएको छ ।

  • ११ श्रावण २०८२, आईतवार १२:४८ प्रकाशित