सिन्धुली ।
सिन्धुलीमा पिकअप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्।
बनेपा–सिन्धुली–बर्दिबास (बीपी) राजमार्ग अन्तरगत सिन्धुलीको सुनकोशी गाउँपालिका–६ शितलपाटीमा बा।प्र।०१–०२४ च ९९१३ नम्बरको योद्दा पिकअप गाडी दुर्घटना हुँदा मकवानपुरको मनहरी गाउँपालिका–४ का धर्मराज रेग्मीको ज्यान गएको छ भने उनका भाइ निरज रेग्मी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता सूर्य प्रकाश सुवेदीका अनुसार दुर्घटनामा गम्भीर घाइते धर्मराज रेग्मीलाई उद्धारगरी सुनकोशी सामुदायिक अस्पताल खुर्कोट ल्याएपनि चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा परेका चालक समेत रहेका उनका भाइ निरज रेग्मीलाई भने थप उपचारका लागि धुलिखेल अस्पताल पठाएको प्रहरीले जनाएको छ।
गाडी सडकबाट करिब पाँच सय मिटर तल खोँचमा खसेको प्रहरीको भनाइ छ।













