नेपाल प्रहरीको डीएसपीमा १३,एसपीमा ११ जना बढुवा सिफारिस

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाका लागि १३ जनाको नाम सिफारिस भएको छ । प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूबाट १३ जनालाई डिएसपीमा बढुवा गर्न सिफारिस गरिएको हो ।

बढुवा समितिका सदस्यसचिव प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीद्वारा जारी विज्ञप्तिका अनुसार इन्स्पेक्टरहरू वसन्त गौतम, पञ्चलाल गोले, हेमप्रकश चौधरी, अनिल पण्डित, प्रकाश थापा, दिलीप क्षेत्री, शेखरजंग मल्ल, पोषणराज थपलिया, राजु कार्की, निशेष चापागाईँ, चन्द्रबहादुर खड्का, होमप्रसाद अधिकारी र उपेन्द्र खनाल डिएसपी बढुवाका लागि सिफारिसमा परेका छन् ।

नेपाल प्रहरीको एसपीमा ११ जना बढुवा सिफारिस

नेपाल प्रहरीको प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि ११ जनाको नाम सिफारिस भएको छ । प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूबाट ११ जनालाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको हो ।

बढुवा समितिका सदस्यसचिव प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीद्वारा जारी विज्ञप्तिका अनुसार डीएसपीहरू अनिलकुमार खड्का, महेश थापा, दिपेन्द्र पञ्जियार थारु, महेन्द्र नेपाल, रूपक खड्का, प्रेमसागर केसी, डिलबहादुर मल्ल, केशव भट्टराई, भुवनेश्वरप्रसाद साह, सुनिल मल्ल र दीपक खड्का एसपी बढुवाका लागि सिफारिसमा परेका छन् ।

  • ५ श्रावण २०८२, सोमबार १४:४१ प्रकाशित