एमाले मुख्यालय पुगिन् पूर्व राष्ट्रपति भण्डारी

केन्द्रभाग मिडिया

 

काठमाडौं ।

सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एमाले मुख्यालय च्यासल पुगेकी छिन् । आइतबार दिउँसो एमाले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पूर्वराष्ट्रपति भण्डारी च्यासल पुगेकी हुन् ।

भण्डारीलाई एमालेको सक्रिय राजनीतिमा आउन सदस्यता बाधक रहेको भन्दै ओली निकट नेताहरूले बताइरहेका बेला पूर्वराष्ट्रपति भण्डारी च्यासल पुगेकी हुन् ।

पूर्व राष्ट्रपति भण्डारीको सचिवालयका अनुसार एमालेमा सक्रिय हुनेबारे ओली र भण्डारीबीच कुराकानी हुनेछ । सोमबार बस्ने पोलिटब्युरो बैठकको समापन गर्दै ओलीले भण्डारी राजनीतिमा आउने बारेमा आफूले संवाद गर्ने र पार्टीको निर्णयअनुसार निर्णय गर्ने बताएका थिए । दुई नेताबीच अहिले ४ बजे भेटवार्ता हुने एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।

 

  • ४ श्रावण २०८२, आईतवार १५:५६ प्रकाशित