भगवती न्यौपाने संघीय मामिला तथा समान्य प्रशासनमन्त्री नियुक्त

केन्द्रभाग मिडिया

काठमाडौं ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा भगवती न्यौपाने नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा न्यौपाने मन्त्री नियुक्त भएको राष्ट्रपतिको कार्यालय, शीतलनिवासले जनाएको छ । उनी एमालेकी राष्ट्रिय सभा सदस्य हुन् ।

यसअघिका मन्त्री राजकुमार गुप्‍ताले मंगलबार बिहान मात्र राजीनामा दिएर सरकारबाट बाहिरिएका थिए । उनले घुस डिल प्रकरणमा मुछिएपछि राजिनामा दिएका हुन् ।

ओलीको नेतृत्वमा ३१ असार २०८१ मा गठित मौजुदा मन्त्रिपरिषद्‌का सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्‍ताले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आफ्नो पदबाट प्रधानमन्त्रीसमक्ष राजीनामा दिएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा भगवती न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेको शीतलनिवासबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

  • ३१ असार २०८२, मंगलवार १८:०५ प्रकाशित