गण्डकी अपडेटः सक्रिय संक्रमितको संख्या १६९, थपिए २२ संक्रमित

केन्द्रभाग मिडिया

पोखरा ।

पछिल्लो अपडेट अनुसार गण्डकी प्रदेशमा २२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । भने ७ जना निको भएका छन् ।
निर्देशनालयको अनुसार २०७ जनामा परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा कास्कीका १३, म्याग्दीका १, पर्वतका १, बागलुङका २, स्याङ्जाका ३ र नवपरासी पूर्वका २ जना रहेका छन् ।यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८८ हजार ५२२ पुगेको छ भने निको हुनेको संख्या ८६ हजार ९२६ रहेको छ ।

प्रदेशमा हालसम्म ३ लाख ५७ हजार १९ जनाको परीक्षण भएको छ । हाल प्रदेशमा १६९ सक्रिय संक्रमित रहेका छन् । तिमध्ये १४८ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४ सय २७ रहेकोे छ ।

  • २२ पुष २०७८, बिहीबार १६:४० प्रकाशित