पोखरा ।
पछिल्लो अपडेट अनुसार गण्डकी प्रदेशमा २२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । भने ७ जना निको भएका छन् ।
निर्देशनालयको अनुसार २०७ जनामा परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा कास्कीका १३, म्याग्दीका १, पर्वतका १, बागलुङका २, स्याङ्जाका ३ र नवपरासी पूर्वका २ जना रहेका छन् ।यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८८ हजार ५२२ पुगेको छ भने निको हुनेको संख्या ८६ हजार ९२६ रहेको छ ।
प्रदेशमा हालसम्म ३ लाख ५७ हजार १९ जनाको परीक्षण भएको छ । हाल प्रदेशमा १६९ सक्रिय संक्रमित रहेका छन् । तिमध्ये १४८ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।
प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ४ सय २७ रहेकोे छ ।