बाख्रा फर्ममा चितुवा पस्योः ९ वटा बाख्रा मार्‍यो

केन्द्रभाग मिडिया

बागलुङ ।

बागलुङमा चितुवाको आक्रमणबाट ९ वटा बाख्रा मरेको छ ।

ताराखोला गाँउपालिका १ सिरुबारीका ४० वर्षीय यम बहादुर रानाको बाख्रा फर्ममा चितुवा पसि आक्रमण गरेको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ। फर्ममा रहेको ३१ बाख्रा मध्ये ९ बाख्रालाई चितुवाले मारेको छ । आक्रमणबाट २ वटा बाख्रा घाइते भएको बताइएको छ।

गएराती अन्दाजी २ बजेको समयमा चितुवा फर्ममा फसेको हो ।

  • २२ पुष २०७८, बिहीबार १६:३० प्रकाशित