बागलुङ ।
बागलुङमा चितुवाको आक्रमणबाट ९ वटा बाख्रा मरेको छ ।
ताराखोला गाँउपालिका १ सिरुबारीका ४० वर्षीय यम बहादुर रानाको बाख्रा फर्ममा चितुवा पसि आक्रमण गरेको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ। फर्ममा रहेको ३१ बाख्रा मध्ये ९ बाख्रालाई चितुवाले मारेको छ । आक्रमणबाट २ वटा बाख्रा घाइते भएको बताइएको छ।
गएराती अन्दाजी २ बजेको समयमा चितुवा फर्ममा फसेको हो ।