अभिनेत्री मनिषा कोइरालाद्धारा रविको पक्षमा हस्ताक्षर

केन्द्रभाग मिडिया

काठमाडौं ।

अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको न्यायका लागि भन्दै चलाइएको अभियानमा हस्ताक्षर गर्न वनस्थली पुगेकी छन् ।

मनिषाले वनस्थलीस्थित रास्वपा कार्यालयमै पुगेर बिहीबार हस्ताक्षर गरेकी हुन् ।हस्ताक्षरपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले राज्यबाट रविमाथि अन्याय र दुर्व्यवहार भइरहेको बताइन् ।

  • २६ असार २०८२, बिहीबार १२:५० प्रकाशित