काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३/८४ को पहिलो चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ ।
प्राधिकरणले साउनदेखि कात्तिकसम्म देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको २ अर्ब ३८ करोड ८७ लाख युनिट विद्युत् भारत र बंगलादेशतर्फ निर्यात गरेको हो ।
प्राकिरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री गर्दै आएको छ ।
साथै, द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअनुसार हरेक वर्ष जुन—अक्टोबरसम्म भारतका हरियाणा र बिहार राज्यमा पनि विद्युत् निर्यात भइरहेको छ । त्यस्तै, नेपाल, भारत र बंगलादेशका निकायबीचको त्रिपक्षीय सम्झौता बमोजिम बंगलादेश पनि विद्युत निर्यात हुँदै आएको छ ।
वर्षायामका छ महिनामा अर्थात् प्रत्येक वर्ष १५ जुनदेखि १५ नोभेम्बरसम्म बंगलादेशतर्फ विद्युत् निर्यात हुँदै आएको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ र बंगलादेशसँगको व्यापार अमेरिकी डलरमा हुने व्यवस्था छ ।













