स्थान छाड्न निर्देशन दिएपछि बोडेका सुकुमबासीद्वारा थाल ठटाएर विरोध प्रदर्शन

केन्द्रभाग मिडिया

काठमाडौं ।

भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा प्रहरीको टोली पुगेको छ । सेन्टरमा बसिरहेका सुकुमबासीहरुले थाल ठटाएर विरोध प्रदर्शन गर्न थालेपछि प्रहरी टोली पुगेको हो ।

स्थानीय प्रशासनले सेन्टरमा बसेका सुकुमबासीहरुलाई २ बजेसम्ममा सो स्थान छाड्न निर्देशन दिएपछि उनीहरूले थाल ठटाएर विरोध प्रदर्शन गरेका हुन् ।

  • ११ मंसिर २०८३, शुक्रबार १३:५५ प्रकाशित