प्रधानमन्त्री शाहलाई विमानस्थलमा राज्यमन्त्रीले गरे स्वागत

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा ३५ सदस्यीय प्रतिनिधिमण्डल भारतको राजधानी नयाँ दिल्ली पुगेको छ ।

शाहलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा भारतका उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गरे ।प्रधानमन्त्रीको स्वागतमा विमानस्थल बाहिर सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिएको थियो ।

प्रधानमन्त्री शाहको दुईदिने भारत भ्रमणका क्रममा भारतीय विदेशमन्त्रीसँग भेटवार्ता, नेपाल–भारत बिजनेस फोरममा सहभागिता तथा भारतीय प्रधानमन्त्री र राष्ट्रपतिसँग भेटवार्ताको कार्यक्रम छ ।

  • ६ मंसिर २०८३, आईतवार १६:१२ प्रकाशित