सुदूरपश्चिम रोयल्सले जित्यो तेस्रो संस्करणको एनपीएलको उपाधि

केन्द्रभाग मिडिया

काठमाडौं ।
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि सुदूरपश्चिमले जितेको छ । साविक विजेता लुम्बिनी लायन्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्सले तेस्रो संस्करणको उपाधि जितेको हो । शनिबार भएको फाइनलमा लुम्बिनीलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले पहिलो पटक एनपीएलको उपाधि जितेको हो ।

सुदूरपश्चिमले लगातार तेस्रोपटक भएको उपाधि भिडन्तमा उपाधि जित्न सफल भएको हो । यससंगै लगातार तेस्रो सिजन फरक टिमले एनपीएलको उपाधि जितेका छन् ।

पहिलो सिजनको फाइनलमा सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग ५ विकेटले पराजित भएको थियो । दोस्रो सिजन लुम्बिनीसँग नै ६ विकेटको हार व्यहोरेको थियो । तेस्रो सिजनको उद्घाटन र लिग चरणमा लुम्बिनीसँग पराजित भएको सुदूरपश्चिमले फाइनलमा उपाधि जित्दै त्यो हारको बदला समेत लिएको छ ।

सुदूरपश्चिमसँग पराजित भएपछि लुम्बिनीले भने लगातार दोस्रो पटक उपाधि जित्दै इतिहास बनाउने सुन्दर मौका गुमायो ।

  • ५ मंसिर २०८३, शनिबार २०:१६ प्रकाशित