घोप्टेभीरमा सुक्खा पहिरो खस्ने क्रम जारी

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको घोप्टेभीरमा सुक्खा पहिरो खस्ने क्रम जारी रहेको छ । पहिरो पन्छाएर कम्तीमा एकतर्फी भए पनि यातायात सञ्चालन गरिएको भएपनि मेसिन तथा उपकरण परिचालन गरेर स्थिति सहज बनाउने प्रयास भइरहेको नागढुंगा–मुग्लिन सडक योजनाले जनाएको छ ।

योजनाका अनुसार जुनसुकै समयमा पहिरो खस्न सक्ने जोखिम रहेकाले उक्त सडकखण्डमा यात्रा गर्दा सतर्कता अपनाउन र ट्राफिक नियम पूर्ण रूपमा पालना गर्न सडक प्रयोगकर्तालाई आग्रह गरिएको छ ।

केही दिनभित्र उक्त स्थानमा सुरक्षित रूपमा दुईतर्फी सवारी आवागमन सञ्चालन गर्ने गरी काम भइरहेको पनि योजनाले जनाएको छ ।

  • ३ मंसिर २०८३, बिहीबार १५:१० प्रकाशित