एमालेको केन्द्रीय कमिटी बैठक आजै बस्दैं

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेला छोट्याएर आजै केन्द्रीय कमिटी बैठक बस्ने भएको छ ।

बबरमहलमा जारी राष्ट्रिय कार्यकर्ता भेला सकेर दिउँसो ३ बजे केन्द्रीय कमिटी बैठक राखिएको छ । पूर्वनिर्धारित तालिका अनुसार पर्सि केन्द्रीय कमिटी बस्ने भन्ने थियो ।

भोलि जनप्रतिनिधिहरुको भेला राख्ने र पर्सि केन्द्रीय कमिटी बैठक बस्ने भनिएको थियो । तर दुई दिनको भेला छोट्याएर आजै केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।

  • ३ मंसिर २०८३, बिहीबार १३:४३ प्रकाशित