पोखरा उद्योग वाणिज्य संघले कार्यसमितिमा थप एकजना सदस्य मनोनीत गरेको छ ।
संघ अध्यक्ष शोभा गौतमले गुड मर्निङ ट्रेड सेन्टरकी सञ्चालक नन्दकुमारी सुवेदी ढुंगानालाई सदस्यमा मनोनीत गरेकी हुन् । अध्यक्ष गौतमले संघको विधान २०६५ पहिलो संशोधन बमोजिमको अधिकार प्रयोग गर्दै ढुंगानालाई कार्यसमितिमा मनोनीत गरेकी हुन् ।
संघको सदस्य मनोनीत ढुंगानाले बुधबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।उनले संघले गरेको विश्वासप्रति आभार व्यक्त गरेकी छन् । ढुंगानाले प्राप्त जिम्मेवारीलाई सम्पुर्ण उद्योगी, व्यवसायीको हितमा लगाउने प्रतिबद्धता व्यक्त गरिन् ।












