काठमाडौं।
नेपाल कम्युनिस्ट पार्टी एमाले राष्ट्रिय भेला–२०८३ को दोस्रो दिनको बन्द सत्रसुरु भएको छ । माइतीघर हाइटस्थित कार्की बैङ्क्वेटमा जारी भेलामा पार्टीका उपाध्यक्ष रामबहादुर थापाले सहभागीहरूलाई प्रशिक्षण दिइरहेका छन् ।
भेलामा वरिष्ठ नेता विद्यादेवी भण्डारीले विशेष सम्बोधन गर्नेछिन् भने पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषय र आगामी कार्यदिशाका सन्दर्भमा प्रशिक्षण तथा निर्देशन मन्तव्य राख्ने कार्यतालिका छ ।
त्यसपछि राष्ट्रिय भेलाको समापन हुने र अपराह्न ३:०० बजे सोही स्थानमा केन्द्रीय कमिटीको चौथो बैठक बस्ने तय भएको नेता सूर्य थापाले जानकारी दिए ।













