धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्किदाँ दुई युवकको ज्यान गयो

केन्द्रभाग मिडिया

झापा ।

बाह्रदशी गाउँपालिका–५ चारपाने–राजगढ सडकमा धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्किँदा दुई जना युवकको ज्यान गएको छ ।

विर्तामोडस्थित इलाका प्रहरी कार्यालयका प्रमुख सन्तोष पाठकका अनुसार धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्किँदा बाह्रदशी–५ चकचकीका गोपाल ताजपुरिया र सोही पालिका बुट्टावारीका अशोक राजवंशीको घटनास्थलमा नै ज्यान गएको हो । यो घटना गएरातिको हो ।रासस

  • ३ मंसिर २०८३, बिहीबार १०:५८ प्रकाशित