काठमाडौंको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा

केन्द्रभाग मिडिया

काठमाडौं।

पूर्व मन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् ।उनले सामाजिक सञ्जालमार्फत उनले यस्तो घोषणा गरेकी हुन् ।

उनले लेखेकी छिन्–’मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौँको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित । आगामी स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु।’

उनी अघिल्लो प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक तर्फबाट निर्वाचित भएकी थिइन् । पछि शिक्षामन्त्री समेत भइन् । पार्टीको सहमहामन्त्री हुँदै उनले पार्टी परित्याग गरेकी थिइन् । जेनजी आन्दोलन पछि बनेको सुशीला कार्की नेतृत्वको सरकार बनाउन उनी सक्रिय भएकी थिइन् । जेनजीहरुसँगै उनी कार्की शपथ ग्रहणमा समेत पुगेकी थिइन् ।

  • २ मंसिर २०८३, बुधबार १२:४६ प्रकाशित